नियम ८८
जिल्लागत विवरण तयार गर्ने
(१) कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लास्थित कार्यालयहरूलाई दिएको निकासाको आधारमा उप–शीर्षकगत वा कार्यालयगत छुट्टिने गरी प्रत्येक मन्त्रालय वा संवैधानिक अङ्ग तथा निकायको नेपाल सरकारको स्रोत तर्फ, अनुदान सहायता तर्फ र ऋण सहायता तर्फको निकासाको विवरण तयार गरी महिना भुक्तान भएको सात दिनभित्र महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निकासा विवरण पेश गर्दा बजेटमा समावेश भएको तर निकासा दिन नपर्ने नियम ८५ को उपनियम (२) बमोजिमको वस्तुगत सहायता, सिधै भुक्तानी, टर्नकी बेसिसको सहायता, प्राविधिक र अन्य सहायताको दातृ संस्था र स्रोतको प्रकार समेत खुल्ने निकासा विवरण समेत संकलन गरी पेश गर्नु पर्नेछ ।
(३) नियम ८५ को उपनियम (१) बमोजिम प्राप्त हुन आएको मासिक खर्चको विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नोे अभिलेखसँग भिडाई उप–शीर्षकगत वा कार्यालयगत छुट्टिने गरी प्रत्येक मन्त्रालय वा संवैधानिक अङ्ग तथा निकायको नगद निकासा खर्चको विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।
(४) नियम ८५ को उपनियम (३) मा उल्लिखित आर्थिक विवरण प्राप्त भएपछि कोष तथा लेखा नियन्त्रक कार्यालयले आफ्नो अभिलेखसँग भिडाइ र जाच्नु पर्ने अन्य कुरा भए जाँची सो आर्थिक विवरणको आधारमा जिल्ला स्तरीय वार्षिक आर्थिक विवरण तयार गरी महालेखा नियन्त्रक कार्यालयमा पठाउनु पर्नेछ ।
(५) कार्यालयहरूबाट प्राप्त हुने राजस्व तथा धरौटीको आर्थिक विवरणको आधारमा कोष तथा लेखा नियन्त्रक कार्यालयले जिल्लागत वार्षिक आर्थिक विवरण बनाई महालेखा नियन्त्रक कार्यालयमा पेश गर्नु पर्नेछ ।